FAQs Complain Problems

समाचार

उपभोक्त समितिले योजना सम्झोता गर्न आउँदा ल्याउनु पर्ने कागजातहरु

उपभोक्त समितिले योजना सम्झोता गर्न आउँदा ल्याउनु पर्ने कागजातहरु ः
१) आमभेला गरी सोको निर्णय ।
२) आमभेलाले गठन गरेको उपभोक्ता समिति (जस्मा ३३ प्रतिशत महिला हुनु पर्ने, अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये एक जना महिला हुनु पर्ने उपभोक्ता समितिमा सात देखि एघार सदस्य  हुनु पर्ने  उपभोक्ता समिति गठन गर्दा समावेशी हुनका साथै उपभोक्ता समितिमा आवद्ध व्यक्तिहरु सामान्यतया साक्षर हुनुपर्ने छ । )
३) उपभोक्ता समितिका सम्पूर्ण पदाधिारीहरुको नागरिकताको प्रमाणित प्रतिलिपि थान २ । अध्यक्ष, सचिव र कोषाध्यक्षको हकमा ३ प्रति ।
४) आमभेलाबाट गठन भएको अनुगमन तथा सहजीकरण समिति  (२ जना महिला सहित ५ जना सदस्य हुनु पर्ने)
५) स्थानीय तहमा वहालवाला पदाधिकारी, राजनैतिक दलको प्रतिनिधिको रुपमा स्थानीय दहको कुनै पदमा आसिन व्यक्ति,वहालवाला सरकारी कर्मचारी, शिक्षक, निर्माण व्यवसायी, सरकारी पेश्की वा  वेरुजु फछ्र्यौट नगरेका व्यक्तिहरु, नैतिक पतन देखि फौजदारी अभियोगमा सजाय पाई उक्त साजय गरेको तीन बर्ष ननाघेको व्यक्ति, सार्वजनिक सम्पति हिनामिना गरेका व्यक्ति उपभोक्त समितिका सदस्य हुन पाउने छैनन् ।
६) एउटै समयमा एक व्यक्ति एकभन्दा वढी उपभोक्ता समितिको सदस्य हुन पाउने छैन साथै एकासगोलका परिबाट एक जना भन्दा वढी व्यक्ति समितिको सदस्य हुन पाइने छैन ।
७) उपभोक्ता समितिको खाता अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ । खाता सञ्चालकहरुको तीनपुस्ते खुलाई पठाउनु पर्नेछ । उपभोक्ता समितिको गठन र यसको वैठकका निर्णयहरुको अभिलेख उपभोक्ता समितिको सचिवले राख्नुपर्नेछ ।
८) उपभोक्ता समितिका अध्यक्षको निवेदन ।
९)  आयोजनाबाट प्रत्येक्ष लाभान्वित हुने घर परिवार संख्या, जम्म जनसंख्या, महिला संख्या, पुरुष संख्या, दलित संख्या जनजाति संख्या र अन्य संख्या आदि खुलेको विवरण ।
१०) उपभोक्ता समितिको अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त दस्तखतबाट खाता खोल्न पठाउने भन्ने निर्णय ।
११) उपभेक्ता समितिले  विनियोजन भएको योजनाको नाम दुरुस्त हुने गरी छाप वनाई ल्याउनु पर्ने छ ।
१२) भौतिक निर्माण वाहेकका योजना तथा कार्यक्रम, तालिम र अन्य कार्यको लागि अया व्यय विवरण सहितको प्रपोजल पेश गर्नुपर्नेछ ।
१३) उपभोक्ता समिति गठन तथा तीन पुस्ते सहितको विवरण र अनुगमन तथा सहजिकरण समितिको विवरण सहितको वडा कार्यालयको सिफारिस पत्र ।
१४) ३ लाख भन्दा माथीका योजना संञ्चालन गर्दा योजनाको नाम, लाभान्वित जनसंख्या, लागत बेहोर्ने निकाय , उपभोक्ता समितिका पदाधिकारीका नाम र सम्पर्क नम्बर , योजना सुरु भई सम्पन्न हुने मिति लगाएतका विषय खुलाई योजना कार्यन्वयन हुने स्थानमा सबैले 
देख्ने गरि होडिङ बोड राख्नु पर्ने र भुक्तानीको समय फोटो सहित आउनु पर्ने ।
 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

वडा जनप्रतिनिधि/कर्मचारी