FAQs Complain Problems

उपभोक्त समितिले योजना सम्झोता गर्न आउँदा ल्याउनु पर्ने कागजातहरु

उपभोक्त समितिले योजना सम्झोता गर्न आउँदा ल्याउनु पर्ने कागजातहरु ः
१) आमभेला गरी सोको निर्णय ।
२) आमभेलाले गठन गरेको उपभोक्ता समिति (जस्मा ३३ प्रतिशत महिला हुनु पर्ने, अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये एक जना महिला हुनु पर्ने उपभोक्ता समितिमा सात देखि एघार सदस्य  हुनु पर्ने  उपभोक्ता समिति गठन गर्दा समावेशी हुनका साथै उपभोक्ता समितिमा आवद्ध व्यक्तिहरु सामान्यतया साक्षर हुनुपर्ने छ । )
३) उपभोक्ता समितिका सम्पूर्ण पदाधिारीहरुको नागरिकताको प्रमाणित प्रतिलिपि थान २ । अध्यक्ष, सचिव र कोषाध्यक्षको हकमा ३ प्रति ।
४) आमभेलाबाट गठन भएको अनुगमन तथा सहजीकरण समिति  (२ जना महिला सहित ५ जना सदस्य हुनु पर्ने)
५) स्थानीय तहमा वहालवाला पदाधिकारी, राजनैतिक दलको प्रतिनिधिको रुपमा स्थानीय दहको कुनै पदमा आसिन व्यक्ति,वहालवाला सरकारी कर्मचारी, शिक्षक, निर्माण व्यवसायी, सरकारी पेश्की वा  वेरुजु फछ्र्यौट नगरेका व्यक्तिहरु, नैतिक पतन देखि फौजदारी अभियोगमा सजाय पाई उक्त साजय गरेको तीन बर्ष ननाघेको व्यक्ति, सार्वजनिक सम्पति हिनामिना गरेका व्यक्ति उपभोक्त समितिका सदस्य हुन पाउने छैनन् ।
६) एउटै समयमा एक व्यक्ति एकभन्दा वढी उपभोक्ता समितिको सदस्य हुन पाउने छैन साथै एकासगोलका परिबाट एक जना भन्दा वढी व्यक्ति समितिको सदस्य हुन पाइने छैन ।

Read More

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि/कर्मचारी