बोलपत्र आह्वानसम्बन्धी सूचना
आहालडाँडा भोर्ले देउराली पिप्ले सडक स्तरोन्नति, वडा नं. ७ र ६ सम्बन्धी NCB आह्वानको सूचना।
गङ्गाजमुना गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, फूलखर्क, धादिङद्वारा आहालडाँडा भोर्ले देउराली पिप्ले सडक स्तरोन्नति, वडा नं. ७, र ६ निर्माण कार्यका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाअनुसार योग्य नेपाली निर्माण व्यवसायीहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।
ठेक्का सम्बन्धी विवरण:
-
ठेक्का नं.: GRM/DHADING/01/2083-084
-
लागत अनुमान: रु. १,७७,१२,६५४.५८ (भ्याट बाहेक तथा पीएससहित)
-
धरौटी रकम: रु. ४,४२,८१७।-
-
बोलपत्र दस्तुर: रु. ३,०००।-
-
बोलपत्र पेस गर्ने अन्तिम मिति: २०८३/०८/०४ गते दिउँसो १२:०० बजेसम्म
-
बोलपत्र खोलिने मिति: २०८३/०८/०४ गते दिउँसो १:०० बजे
-
सूचना प्रकाशन मिति: २०८३/०७/१४
बोलपत्रसम्बन्धी विस्तृत जानकारी, आवश्यक सर्त तथा कागजातका लागि यस कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। साथै, विस्तृत विवरणका लागि यस सूचनासँग संलग्न बोलपत्र आह्वानसम्बन्धी सूचना हेर्नुहुन अनुरोध छ।